ग्रोथ ग्रुप अन्तर्गत संचालनमा रहेका दुई कम्पनीहरु मर्ज गर्ने निर्णय

काठमाडौं । ग्रोथ ग्रुप अन्तर्गत संचालनमा रहेका दुई कम्पनीहरु ग्रोथ मल्टिप्रपोज कम्पनी प्रा. लि. र ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लि.को बार्षिक साधारण सभा सम्पन्न भएको छ।

यहि शनिबार ढुंगेधारामा सम्पन्न साधारण सभाले दवै कम्पनीलाई गाभेर संचालन गर्ने पनि निर्णय गरेको हो । दुवै कम्पनीको सभाले आफ्नो संचालक समितिलाई एक अर्कोमा बिलयका लागि अधिकार दिएको छ।

Advertisement

विलयपछि कम्पनीको पुँजी तीन करोड पुग्ने छ। खर्च घट्ने र जोखिम क्षमता थप बलियो हुने हुदा लगनीका नयाँ अवसरमा सहभागी हुन थप सहजहुने देखिन्छ।

ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लि. को सभाले संचालकमा ३ सदस्यहरुमा गणेश बजगाई, अचुत ओझा र शशी मरठ्ठालाई सर्वसम्मत चयन गरेको छ।

More News last news
Loading...