काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल सुरु गरेका छन्। यसका लागि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन्।
पौडेलले प्राधिकरणमा पुगेर प्राधिकरण प्रमुख घिसिङसँग छलफल काठमान्डौं ५ सहित उपत्यकामा रहेको विद्युतिय तारको समस्या हल गर्न आग्रह गरे। भेटमा उनले सबै सडकका पोललाई यथासक्य चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पूर्न र सम्पूर्ण नाङ्गो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरेका थिए ।
जवाफमा निर्देशक कुलमान घिसिङले कतिपय स्थानमा काम भईरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको जानकारी गराए । मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकहरूमा साँगुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अफ्ठयारो रहेको उनको भनाई थियो ।
तर, तीन वर्ष भित्रमा यस् काम सम्पन्न हुने घिसिङको भनाई थियो। निर्देशक घिसिङले समस्या हल गर्न काठमान्डौंमा २० ओटा शव स्टेशन निर्माण गर्ने जसअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेशन निर्माण हुने जानकारी गराएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
