भोलि देशभर सार्बजनिक बिदा

काठमाडौं । नेपाल सरकारले भोलि अर्थात मंसिर २२ गते देशभर सार्बजनिक बिदा दिएको छ । सरकारले मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबार किराँत समुदायले मनाउने उधौली पर्वका अवसरमा देशभर सार्बजनिक बिदा दिएको हो ।

तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किराँत समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उधौलीञ पर्व मनाउने गर्छन्।

Advertisement

किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ। राजधानीमा भने ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किरात पर्व उधौली विशेष रुपमा मनाउने गरिन्छ।

सानो हात्तीवन किरात माङ्हिम व्यवस्थापन समितिका सल्लाहकार राजबहादुर राईले किरात समुदायले बैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भित्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्परा अनुसार उधौली मनाउने गरिएको बताए।

उभौलीमा खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस भनी पूजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने समितिका अध्यक्ष दुर्गामणि देवानले बताए। उनले ललितपुरको हात्तीवनमा १ सय ९ बर्ष पहिलेदेखि संयुक्त रुपमा चारवटै किरात समुदायले उधौली पर्व मनाउँदै आएको बताए।

त्यस्तै यो पर्वमा लगाउने पोषाकको पनि महत्वपूर्ण अर्थ हुने अध्यक्ष देवानले बताए। तर सबै जातीको आ–आफ्नो लोगो हुने भएकोले राम्रोसँग चिन्न सकिने समेत उनले बताए। पूजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलानाच लागयतका नाच नाचेर मनोरन्जन गरिने परम्परा रहेको समेत उनले बताए।

More News last news
Loading...