काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।
बास्कोटाको घर बाहिर शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । ‘शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि हामीले नेपाली सेनालाई खबर गर्यौं, सेनाको बम डिस्पोजल टोलीले अहिले त्यसबारे अनुसन्धान गरिरहेको छ’ ।
आज आइतबार बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बास्कोटा यहि मंसिर ४ गते भएको चुनावमा काभ्रे-२ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
