एमालेलाई हराउँदै तनहुँ-१ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजारको मतान्तरसहित निर्वाचित भएका हुन् ।

Advertisement

निर्वाचन आयोगका अनुसार पौडेलले २५ हजार ३१८ मत ल्याएका छन् । भने एमालेका रानाले १९ हजार ९४३ मत ल्याए ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० र राप्रपाका विनोद घर्टीले दुई हजार ४८७ मत ल्याएको आयोगले जनाएको छ । यसअघि पौडेल सो क्षेत्रबाट पराजित भएका थिए ।

More News last news
Loading...