काठमाडौँ ४ मा ह्वात्तै अघि बढे गगन, पछि परे भट्टराई

काठमाडौँ । काठमाडौँ ४ मा कांग्रेसका उमेद्वार गगन थापाले अग्रता ह्वात्तै बढाएका छन् । यसअघि झिनो मतको अग्रता लिएका थापाले अहिले पौने ३ बजेसम्मको अन्तिम गणनामा २०२५ मत ल्याएर अग्रता बढाएका हुन् ।

यसैगरी एमालेका उमेद्वार राजन भट्टराईले १५८३ मत पाएका छन् ।

Advertisement

यसैगरी निर्वाचन चिन्ह हलोले १९८ र लौरोले ८१ मत पाएका छन् ।

कांग्रेसका महामन्त्री समेत रहेका थापाले यसअघि २ पटकसम्म जितेको यो क्षेत्र देशभरकै चर्चित क्षेत्र मध्यको रुपमा हेरिएको छ ।

More News last news
Loading...