काठमाडौं । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ। सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा आज बिहान भेटिएको बमजस्तो देखिने वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो।
तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो। उक्त वस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए।
उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ। यसअघि गृहमन्त्रालयले नेक्रविक्रम चन्द विप्लव सहितका साना–ठूला २५ समूह निर्वाचन बहिस्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
