विश्वकप फुटबल प्रशारण विवादसम्बन्धी मुद्दाको सुनुवाई पर्सी हुने

काठमाडौं। विश्वकप फुटबल प्रत्यक्ष प्रशारण विवादसम्बन्धी मुद्दाको सुनुवाई आगामी ३० गते हुने भएको छ । आजका लागी सुनुवाईको पेसी तोकिए पनि सुनुवाई हुन नसकेपछि आगामी ३० गतेका लागी सारीएको हो ।

मुद्दाको पेसी आज पहिलो नम्बरमा थियो। न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएकोमा अब उक्त मुद्दाको अन्तिम सुनुवाई ३० गते हुने सर्वोच्च प्रशासनले जनाएको छ।

Advertisement

उक्त खेल हेरेवापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि नेपालमा प्रत्यक्ष प्रशारण हेर्न पाउने विषयमा अन्योलमा छ ।

सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएमा मिडिया हवले शुल्क लिएर विश्वकप प्रत्यक्ष प्रशारण गर्न पाउने छ भने अन्तरिम आदेश जारी भएमा शुल्क लिन पाउने छैन।

खेल हेर्न नेपालमा ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनिएपछि अधिवक्ता किशोर पौडेलले उक्त निर्णय गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

More News last news
Loading...