काठमाडौं । चितवन–२ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा खटिएको गाडी तोडफोड भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिपक बोहोराले घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको भिडिओ सार्वजनिक गरेका छन् ।
रातो जिप तोडफोड भएको छ । तोडफोड भएको गाडी नजिकै रहेर रवि लामिछानेले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफू सुरक्षित नरहेको पनि टिप्पणी गरेका छन् ।
उनले आफ्नो चुनावी प्रचारमा हिंडेका व्यक्तिहरुमाथि यत्रो आक्रमण हुँदापनि प्रहरी प्रशासनले दोषीहरुलाई कारबाही नगरेकोमा आक्रोश पोखेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
