को हुन् काठमाडौँ १० (ख) मा राप्रपा नेपालबाट उमेद्वारी दिएका मिलन लामा ? 

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १० (ख) मा राप्रपा नेपालका युवा नेता चन्द्रागिरि नगरपालिका चेकपोष्ट (वाणस्थली) का स्थानीय युवा मिलन लामाले उमेद्वारी दिएका छन् ।

२०४६ सालमा राजनैतिक परिवारमा जन्मिएका लामा परिवारका जेष्ठ सुपुत्र हुन् । उनका हजुरबुबा तत्कालिन राप्रपामा सक्रिय थिए । लामाका बुबा स्वस्ती लामा पनि माओवादीमा सक्रिय राजनीति गरेका व्यक्ति हुन् । राजनीतिबाट टाढिएर उनी अहिले समाजसेवामा सक्रिय छन् ।

Advertisement

राजनैतिक परिवारमा हुर्किएका लामाले नेपालमै केही गर्नुपर्छ भनेर अहिले आफैँ राजनीतिको बागडोर सम्हाल्न खोज्दै छन् । पढ्दा-पढ्दै वैदेशिक रोजगारीमा गएका लामा अहिलेका युवाहरुलाई नेपालमै केही गर्नुपर्छ भनेर आफुँले प्रदेश सभा सदस्यमा उमेद्वारी दिएको बताउँछन् । लामा पछिल्लो ८–९ वर्षदेखि कन्ट्रक्सन क्षेत्रको व्यवसायममा पनि सक्रिय छन् ।

शिक्षा, स्वास्थ्य निःशुल्क बनाउन पहल गर्ने, भ्रष्ट्राचार बिरुद्धको अभियानको नेतृत्व गर्ने र युवाहरुलाई सीपमूलक तालिमको व्यवस्था गर्ने लामाका मूख्य योजना हुन् । अहिले आफ्नो क्षेत्रबाट जितेका सांसद्हरुले संसद्मा एक शब्द पनि नबोली तलब भत्ता खाएको भन्दै लामाले आफुले निर्वाचन जितेमा यस ठाउँका समस्या र समाधानका लागि संसद्मा गर्जने बताए ।

More News last news
Loading...