को हुन् काठमाडौँ ९ (क) का स्वतन्त्र उमेद्वार विनोद थापा ?

काठमाडौँ । काठमाडौँको कलंकी क्षेत्रमा समाजसेवा गरेर लोकप्रिय छवि बनाएका विनोद थापाले काठमाडौँ क्षेत्र नम्बर ९ (क) मा स्वतन्त्र उमेद्वारी दिएका छन् ।

काठमाडौँको पब्लिक युथ क्याम्पसमा विविएस सम्मको अध्ययन गरेका थापा वि.स.२०३५ सालमा काठमाडौँको कुलेश्वरमा जन्मिएका थिए ।

Advertisement

तत्कालिन एमालेका लोकप्रिय नेता तथा जनप्रतिनिधि स्वर्गिय बद्रि बहादुर थापाका जेष्ठ सुपुत्र थापाले बाल्यकालदेखि नै राजनीतिमा बुबाको प्रभाव परेको बताए ।

२०५१ सालमा पिपुल्स क्याम्पस बढ्देखि नै तत्कालिन विद्यार्थी संगठनमा अबद्ध भएका थापा बुबाको स्वर्गवासपछि भने पूर्ण कालिन राजनीतिमा होमिए ।

थापा अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१४ को वडासदस्यमा विजयी भएका थिए । पद भन्दा पनि जनताको सेवा गर्न रुचाउने थापाले वडा सदस्यमा विजयी भएपछि जनताका सुख दुखमा सँगै साथ दिए र आफ्नो सामाजिक कद पनि उच्च बनाए ।

थापाले भूकम्प, कोरोना महामारी र भर्खरैको डेँगु प्रकोप लगातका समयमा स्थानीय स्तरमा सक्रिय रुपमा उत्रिएर जनतालाई सेवा दिएका थिए ।

अभिभावक संघ नेपालको केन्द्रीय सदस्य समेत रहेका थापा ज्ञानकुञ्ज स्कुल/कलेजका संस्थापक र सहिद मेमोरियल अस्पताल संस्थापक सदस्य हुन् ।

आफूँ दिन रात यहि क्षेत्रका जनतामा सुख-दु:खमा भिजेको र बुझेको बताउँदै प्रदेश सभा निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको थापाको दाबी छ । थापाले निर्वाचनमा ‘पानीको धारो’ चुनाव चिन्ह पाएका छन् ।

More News last news
Loading...