नागरिकता विध्येक राष्ट्रहितमा छैन, सरकार भ्रष्ट्राचारमा चुर्लुम्मै डुब्यो : राप्रपा नेपाल महामन्त्री श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय महामन्त्री केशवराज श्रेष्ठले नागरिकता विध्येकका विषयमा राष्ट्रपति विद्यादेवि भण्डारीले चालेको कदम राष्ट्रहित र अत्यन्त सान्दर्भिक भएको बताएका छन् ।

महामन्त्री श्रेष्ठले अहिले भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको ५ दलिय गठबन्धन सरकारले अराजनैतिक र असंवैधानिक तरिकाले ल्याएको राष्ट्रघाती नागरिकता विध्येक राष्ट्रिय हितमा नभएको भन्दै ढिलै भए पनि विध्येकका विषयमा राष्ट्रपतिले चालेको कदम सराहनीय भएको बताए।

Advertisement

आज (शनिबार) राप्रपा, नेपाल काठमाडौँ क्षेत्र नम्बर ८ को क्षेत्रीय कार्यसमितिले दशैँ, तिहार, छठ तथा नेपाल संवत्को अवसरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै प्रमूख अतिथि समेत रहेका महामन्त्री श्रेष्ठले नागरिकताबिहीन नेपालीलाई एउटा प्रक्रिया पुर्याएर, विधि-विधान बनाएर नागरिकता दिनुपर्ने भएपनि सिन्दुरको साटो नागरिकता दिने व्यवस्था अत्यन्त गलत भएको बताए ।

नेपालमा एक मात्र जिवित देवि कुमारी देवीको प्राङ्गणमा बसेर कार्यक्रम गर्न पाउनु सौभाग्य भएको भन्दै श्रेष्ठले अहिलेको सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको पनि आरोप लगाए ।

“अहिले भ्रष्ट्राचारले अछुतो कुनै पनि क्षेत्र छैन, तपाइले घुस नदिइकन कुनै पनि व्यवसाय गर्न कठिन छ । तपाईँ सामान्य व्यवसाय गर्नका लागि कम्पनी रजिष्टारको कार्यालय जाने देखि लिएर मालपोत कार्यालय, उद्योगमा उस्तै, स्थानीय तहमा पनि केही थिति छैन मनलाग्दी छ । यो निर्मुल पार्ने कसरले हो ? सरकारको होइन ? सरकारले त उल्टै भ्रष्ट्राचारलाई टेवा दिइरहेको छ”  श्रेष्ठले भने ।

महामन्त्री श्रेष्ठले, आर्थिक संकटले गरीब जनताले नुन, तेल किन्न पनि पैसा जोहो गर्न पर्ने अवस्थामा अझ यो सरकारले अत्यावश्यक सामानको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै सरकारको कडा आलोचना गरे । उनले तत्काल नेपालीहरुको महान पर्वहरु वडा दर्शैँ लगायतका पर्वको मुखमा तत्काल सबैको पहुँचमा पुग्ने गरी अत्यावश्यक सामानमा सहुलियत मूल्य तोक्न पनि आग्रह गरेका छन् ।

श्रेष्ठले यहि आउँदो मंसिर ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा राप्रपा नेपालको तिर चिन्हमा मतदान गरी हिन्दू राष्टको एक सुत्रिय माग सम्बोधन गर्न पनि जनसमुदायसँग अपिल गरेका छन् ।

उनले “राप्रपा नेपाल हिन्दू राष्ट्रको एक सुत्रिय माग लिएर आएको राप्रपा नेपाललाई मत दिनुहोस् । हामी सबै धर्म र समुदायलाई सम्मान गर्दै नेपाललाई हिन्दू राष्ट्र निर्माण गर्न चाहन्छौँ ।” यहाँ सबै दलमा हिन्दु राष्ट्रको पक्षमा भए पनि समाजमा खुलेर भन्न मात्रै नसकेको समेत बताए।

राप्रपा नेपालका क्षेत्रिय सभापति प्रदीप कार्कीको सभापतित्वमा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा प्रमूख अतिथि केन्द्रीय महामन्त्री केशवराज श्रेष्ठ, अतिथिहरुमा महिला विभाग प्रमूख सुनिता कुरुवाङ, जिल्ला अध्यक्ष श्याम घिमिरे, राष्ट्रिय युवक संगठनका केन्द्रीय संयोजक कैलाश कट्वाल, लगायतले शुभकामना व्यक्त गरेका थिए।

More News last news
Loading...