आजदेखि फूलपातीसम्म खुलामञ्चमा गाडी पार्किङको व्यवस्था

काठमाडौँ । काठमाडौँको न्युरोड जाने चारपाङ्ग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर जनाएको छ।

Advertisement

आजदेखि फूलपाती अर्थात आउँदो १६ गतेसम्म बिहान १० बजेदेखि बेलुकीसम्म नै गाडीको चाप हुने हुँदा ट्राफिक आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरिएको छ।

आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

More News last news
Loading...