भोलि देशभर सार्बजनिक बिदा

काठमाडौँ । सरकारले भोलि अर्थात् (असोज ३ गते) संविधान दिवसका अवसरमा सार्बजनिक बिदा दिएको छ । संविधान दिवसका अवसरमा सरकारले देशभर र विदेशस्थित नेपाली दूतावासहरुमा सार्बजनिक बिदा दिएको हो । यस वर्षको सुरुमै सरकारले संविधान दिवसमा विदा दिने जनाएको थियो ।

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो। त्यसपछि असोज ३ गतेलाई संविधान दिवस मनाइँदै आएको छ ।

Advertisement

गृह मन्त्रालयले ७ वटै प्रदेश, ७५३ वटै स्थानीय तह र विदेशस्थित दूतावासहरुलाई संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन दिर्नेशन समेत दिइसकेको छ ।

संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको पनि ७ वर्ष पूरा भएको छ । विगत सात दशकमा ७ वटै संविधान फेरिए पनि तीन वटा संविधानको मात्रै नेपालमा सक्कल प्रति सुरक्षित राखिएको नेपालमा ऐतिहासिक महत्त्वका दस्ताबेजहरूको संरक्षण बारे चासो र चिन्ता प्रकट हुने गरेको छ।

तर, नेपालको पछिल्लो संविधान वर्षौसम्म नष्ट नहुने र आगो र भूकम्पबाट पनि क्षति नहुने गरी सुरक्षित राखिएको दाबी गरिएको छ।

नेपालमा हालसम्म जारी भएका संविधान

विसं २००४ वैधानिक कानुन
विसं २००७ अन्तरिम शासन विधान
विसं २०१५ नेपाल अधिराज्यको संविधान
विसं २०१९ नेपालको संविधान
विसं २०४७ नेपाल अधिराज्यको संविधान
विसं २०६३ नेपालको अन्तरिम संविधान
विसं २०७२ नेपालको संविधान

More News last news
Loading...