नवलपरासी । जितियाका अवसरमा नवलपरासी बर्दघाट–सुस्ता पूर्वका चारवटा पालिकामा आज सार्वजनिक बिदा दिइएको छ।
मध्य विन्दु, कावासोती र देव चुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइएको हो। ती पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन्।
नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ। थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन्। जितियामा खास गरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
