काँकडभिट्टा l दिदी-बहिनीलाई बलात्कार गरेको आरोपमा झापाका ७३ वर्षीय वृद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। एकै परिवारका ११ वर्षीया बहिनी र १७ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनका ७३ वर्षीय कपिलमणि पौडेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।
डीएसपी पाठकका अनुसार पीडित परिवारले दिएको जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको हो । ‘विभिन्न प्रलोभन देखाएर दिदीबहिनीलाई आरोपीले बारम्बार बलात्कार गरेको पीडितको आरोप छ’, डीएसपी पाठकले भने,‘आरोपीलाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं।’
पीडितमध्ये १७ वर्षीया दिदीको ३ महिनाको गर्भसमेत रहेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । उनले आफ्नो तीन महिनाको गर्भ रहेको पनि जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
