काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इङ्गित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ज्ञवालीले प्रचण्डले एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाएका हुन् ।
उनले नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरे पनि माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनसायले एकता गरेर कम्युनिस्ट पार्टीलाई विभाजित गरेको बताए।
उनले भने, ‘हाम्रो पार्टीका अध्यक्षले कम्युनिस्ट पार्टीको एकता गर्ने उद्देश्यले आजभन्दा चार–पाँच वर्षअघि नेकपा माओवादीसँग एकता गरे । पार्टी एकता गर्ने हाम्रो पवित्र उद्देश्य थियो। तर कसैकसैको उद्देश्य के रहेछ भने केपी ओली बिरामी छन्, त्यसपछिको स्थितिमा मकहाँ पार्टी आउँछ र एमाले पार्टी कब्जा गर्छु भन्ने दुराशय बोकेका रहेछन्। जब एमाले पार्टी कब्जा हुन सक्दैन भन्ने थाहा भयो त्यसपछि १९ पृष्ठको १९ बुँदे आरोप लगाएर कम्युनिस्ट पार्टीलाई विभाजित गरेर विस्तारवादी र साम्राज्यवादीहरूको हितमा आफूलाई उभ्याएपछि नै यो ध्रुवीकरणको प्रक्रिया अघि बढिरहेको छ।’
केन्द्रीय सदस्य ज्ञवालीले एमालेका कार्यकर्ता पार्टीले दिएको निर्देशन अनुसार काम गर्न तयार रहेको बताए ।। उनले अघिल्लो चुनावमा कम्युनिस्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागे पनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
