काठमाडौा । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भेटवार्ताको तालिकाका कारण काठमाडौँको ट्राफिक व्यवस्थामा आज पनि प्रभावित पर्ने भएको छ । आज अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ ।
त्यसअघि लीले भक्तपुर दरबार स्वायर अवलोकन गर्ने तालिका छ । उनी भक्तपुर जाने समय बिहान ९ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित हुनेछ। उनी फर्कने समयमा पनि यी रुटमा गाडीको आवागमन प्रभावित हुनेछ।
भक्तपुरमा उनी कति समयसम्म रहनुहुन्छ भन्ने जानकारी आइसकेको छैन । यस्तै, भक्तपुरको भ्रमण सकेर उहाँले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।
यो समयमा रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानी पखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ।
अध्यक्ष ली चान्सु आएसँगै हिजो र अस्ति पनि काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । अध्यक्ष ली चान्सु भोलि स्वदेश फर्किने कार्यतालिका छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
