काठमाडौँ । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज १८ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारवाहीमा परेका हुन् ।
त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लङघन गर्ने अन्य १ सय ८२ ओटा सवारी साधनका चालक पनि कारवाहीमा परेका छन।
जसअन्तरगत बिहानै मापसे गरी मोटरसाईकल चलाउने ३ जना पनि कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
