ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ ।
महानगरपालिकाको अनुसार उक्त मञ्जुश्री पेट्रोलपम्पलाई ६ महिना अगाडि नै मापदण्ड विपरीत रहेको भन्दै हटाउन सूचित गरेता पनि नटेरकोले सिल गर्न बाध्य भएको जनाएको छ ।
विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित छ, यसलाई हटाउनू भनेर सम्झायौं। तर जति गरे पनि उहाँहरूले नमानेपछि बाध्य भएर हटाउनु परेको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी जनाएका छन् ।
पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको महर्जनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
