ईन्द्रजाात्रका कारण आज काठमाडौँका यी स्थानमा सवारी निषेध

काठमाडौं । आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइदै छ । ईन्द्रजात्राको अवसरमा आयोजना गरिने रथयात्राका कारण बसन्तपुर हनुमानढोका दरबारक्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज महाराजगन्ज–लाजिम्पाट–लैनचौर–दरबारमार्ग–भद्रकाली–न्यूरोड गेट सडक खण्डमा दिउँसो २ बजे देखि साढे ४ बजेसम्म सवारी साधन प्रभावित हुने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

Advertisement

आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा ट्राफिक डाईभर्सन गरिने छ । मालवाहक सवारी साधनलाई विहान ९ बजेदेखि राति १० बजेसम्म रोक लगाइएको छ ।

यस्तै भोटेवहाल पिपलबोट,लगन सिलखाना,गोफल चोक, इनाखा गणेश मन्दिर, लगन चोक, भोटेवहाल, वण्डे, गुणकामदेव मार्ग, क्वाहिटी मार्ग, परोपकार, रामघाट पिपलवोट, छ्वासा पाखा, शान्ति निकुञ्ज चोक, मरु ढुङ्गे धारा, प्याफल चोक, ईन्द्र चोक, मखन गल्ली, मखन महादेव, जुद्वशालिक, झोसे चोक, जोर गणेश चोक र यंगाल चोकमा सवारी साधन प्रवेशमा रोक लगाइने छ ।

More News last news
Loading...