रिपोर्टर्स क्लब अमेरिकाले पत्रकारलाई तालिम दिने

अमेरिका । रिपोर्टर्स क्लब अमेरिकाले पत्रकारिता तालिमको सुरुवात गर्ने भएको छ । पहिलो प्रवास शाखाका रुपमा अमेरिकामा स्थापित रिपोर्टर्स क्लब अमेरिकाले नयाँ तथा पत्रकारिता क्षेत्रमा नै आवद्ध रहेकाहरुलाई स्तर मापनका आधारमा पत्रकारिता प्रशिक्षण दिने भएको हो ।

स्थापनाको छोटो समयमा नै नेपाली समुदाय लक्षित साक्षात्कार कार्यक्रमहरु गर्दै आएको रिपोर्टर्स क्लब अमेरिकाले नेपाली पत्रकारिता क्षेत्रको विस्तार तथा पत्रकारिता क्षेत्रप्रति रुचि भएका नव प्रवेशी पत्रकार तथा पत्रकारिता क्षेत्रप्रति गम्भिर रहेका छायाँ पत्रकार र सक्रिय रहेका पत्रकारलाई समेत समुदायको हित लक्षित थप प्रशिक्षणका कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

Advertisement

आईतबार सम्पन्न रिपोटर्स क्लब अमेरिकाको पहिलो बैठकबाट अमेरिकामा रहेका नयाँ पुस्तालाई नेपाली पत्रकारिता क्षेत्रको महत्व र आवश्यकतामाथि प्रकाश पार्न, नेपालमा रहँदा सक्रिय तर अमेरिका आएपछि विविध कारणले यस क्षेत्रबाट अलग रहेका राम्रा पत्रकारहरुलाई पुनः सञ्चार क्षेत्रमा फिर्ता ल्याउन र क्रियाशिल भनिएकाहरुका समाचार लेखन र आचारसंहिताप्रतिको कमजोरी सुधारका निम्ती यस तालिम प्रभावकारी देखिने विश्वास क्लबले लिएको छ ।

क्लबका महासचिव ओम आचार्यका अनुसार आईतबारको बैठकले रिपोर्टस क्लब अमेरिकाको आफ्नै समाचार पोर्टल पनि संचालन गर्ने निर्णय गरेको छ । जसका लागि प्रधान सम्पादकमा अनिता आचार्य र सम्पादकमा प्रशन्न ढुंगानालाई नियुक्त गरिएको छ भने चाँडै नै अमेरिकमा रहेका पत्रकारिता क्षेत्र सम्बद्ध संवाददाता नियुक्तीको पनि तयारी सुरु भएको छ ।

जसका लागि समेत माथी उल्लेखित पत्रकारिता तालिम तथा थप प्रशिक्षण कार्यक्रमको अवधारणालाई अघि बढाउन लागिएको क्लबका अध्यक्ष किशन रेग्मीले जानकारी दिए ।

गत श्रावण १ गतेबाट अमेरिका शाखा गठन गरेको क्लवले बिभिन्न अन्तरक्रियात्मक साक्षात्कार कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ भने अमेरिकामा डिबेट फोरम सहितका कार्यक्रम सञ्चालन गर्ने तयारीमा पनि रहेको छ ।

More News last news
Loading...