प्रेस युनियन काठमाडौँको कार्यवाहक अध्यक्षमा अच्युत रेग्मी चयन

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन हुनुभएको छ ।

काठमाडौँ शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयानुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो।

Advertisement

शाखाका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियनको हेटौँडामा गत साउन ६ र ७ गते सम्पन्न नवौँ महाधिवेशनमा उम्मेदवारी दिएसँगै विधानअनुसार जिल्ला अध्यक्ष पद स्वतः रिक्त भएको थियो।

रेग्मी विगत आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा स्थानीय समाचारदाताका रुपमा कार्यरत रेग्मी काठमाडौँ उपत्यकालाई आफ्नो क्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ।

More News last news
Loading...