काठमाडौं । अनलाइन पत्रकार सङ्घले इन्टरनेटका माध्यमबाट समाचार प्रकाशन तथा प्रसारण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
सङ्घका सचिव गोविन्द मरासिनीले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय बलात्कारसम्बन्धी उजुरी र अदालतको फैसला सम्बन्धमा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण भइरहेका समाचारमा पत्रकार आचारसंहिता पालना नभएको भन्दै आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेका हुन्।
“इन्टरनेटको माध्यम बनाएर समाचार सामग्री प्रकाशन प्रसारण गर्दा पत्रकार आचारसंहिता, कानूनले निषेध गरेका विषयवस्तु तथा पीडितको पहिचान गोप्य राख्नुपर्ने, अदालतमा चलिरहेका मुद्दा र उसले गरेका फैसलाका विषयमा संवेदनशील हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मूल्यमान्यता तथा सिद्धान्तलाई पूर्णरूपमा पालना गरी प्रकाशन, प्रसारण गर्नुपर्छ”, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सङ्घले सम्पूर्ण पत्रकारलाई पत्रकारको आचारसंहिताभित्र बसेर निष्पक्ष ढङ्गले कलम चलाउनसमेत आग्रह गरेको छ।
यस्तो छ अनलाइन पत्रकार संघको विज्ञप्ति
पछिल्लो समय बलात्कार सम्बन्धी उजुरी र अदालतका फैसला सम्बन्धमा विभिन्न अनलाइन सञ्चारमाध्यममा समाचार प्रकाशन एवं प्रसारण भईरहेका छन् ।
इन्टरनेटको माध्यम बनाएर समाचार सामाग्री प्रकाशन, प्रसारण गर्दा पत्रकार आचारसंहिता, कानुनले निषेध गरेका बिषय वस्तु तथा पीडितको पहिचान गोप्य राख्नुपर्ने र अदालतको फैसलाको बिषयमा संवेदनशील हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मूल्य, मान्यता तथा सिद्वान्तहरुलाई पूर्ण रुपमा पालना गरि प्रकाशन, प्रसारण गर्नुहुन सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमहरुलाई अनलाइन पत्रकार संघ पुनः आग्रह गर्दछ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
