काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार सम्हालेको सय दिन पुगेको अवसरमा स्वेतपत्र सार्वजनिक गर्नुभएको छ। स्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना उल्लेख छन्।
उहाँले आफू सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएको दावी गर्नुभएको छ । गर्नुपर्ने काम धेरै बाँकी रहेकाले त्यसका लागि सबैको सहयोग र सद्भाव आवश्यक रहेको उहाँको भनाइ छ।
पदभार सम्हालेको १ सय दिनमा पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा लागेको स्वेतपत्रमा उल्लेख छ। सय दिन महानगरवासी सँगसँगै काम गरेको बताउँदै उहाँले विभिन्न संघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममा सहभागी भै महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ।
यस्तै, फोहोर व्यवस्थापनका लागि सकारात्मक पहलको सुरुवात भएको बताउनुभएको छ। महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन्।
पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ। दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ, स्वेतपत्रमा उल्लेख गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
