बुधबार यी जिल्लामा सार्वजनिक बिदा ! (सूचनासहित)

काठमाडौँ । सरकारले भोलि भदौ २२ गते अर्थात बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बागमति प्रदेश सरकारले चेपाङ समुदायको पर्व न्वागी–छोनामको अवसरमा विदा दिने भएको हो । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। अन्य जिल्लामा बिदा हुने छैन ।

Advertisement

प्रदेश सरकारको २०७८ चैत ९ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार उक्त दिन बिदा दिइएको हो ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले भदौ १९ गते एक सूचना जारी गर्दै चेपाङ समुदायको पर्व न्वागी–छोनाम पर्वको अवसरमा प्रदेशका चितवन, मकवानपुर र धादिङमा बिदा दिने बताएका हुन् ।

More News last news
Loading...