काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं को क्षेत्र नम्बर ७को ख प्रदेशबाट सबिन तामाङले दाबी गरेका छन् । उनले आफू उम्मेदवार हुन पाउनुपर्छ भनेर पार्टीमा नाम दर्ता गराएका छन् ।
प्रदेश समिति मार्फत नाम दर्ता गराएका उनले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । ने बि सघमा रहेर लामो समय उनले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।
२०५५सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट गिरफ्तारसमेत भएका छन् ।
तामाङले नेबि सघ आर आर को सभापति , नेबि सघ केन्द्रीय सदस्य, नेपालि काग्रेस जिल्ला कार्यसमिति काठमाडौं को जिल्ला सदस्य हुदै अहिले काठमाडौं ७ बाट महाधिबेश प्रतिनिधि र बाग्मति प्रदेश सदस्यको जिम्मेबारीमा रहनुभयको तामाङले आफ्नो उमेद्वारी प्रस्तुत गरेको बताए ।
तामाङ राजनीतिका अलवा बिभिन्न सामाजिक सघसस्थामा आबद्द रहेर सामाजिक गतिबिधिमा पनि सक्रिय रहदै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
