काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रामप्रसाद अधिकारीले चितवनबाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् ।
लामो समय पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा विताएका अधिकारीले मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेवारी दिन लागेको घोषणा गरेका हुन् ।
उक्त क्षेत्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को हो। झण्डै २० वर्ष नेविसंघको राजनीतिमा विताएका अधिकारी अमृत साइन्स क्याम्पस ठमेलमा प्रदीप पौडेल नेविसंघको अध्यक्ष भएको बेलामा सहसचिवको भूमिका निर्वाह गरेका थिए।
काँग्रेसभित्र इमान्दार र वफादार व्यक्तिका रुपमा रहेका अधिकारीको देशभर आफ्नो नेटवर्क रहेको छ । विस २०५५ सालमा अमृत साइन्स क्याम्पस नेविसंघको सभापति, विस २०५८ सालको आन्दोलनमा सक्रिय सहभागिता खेलेका अधिकारी विस २०५९ सालमा नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
विस २०६२/०६३ सालको जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलन हाँकेका अधिकारी विसं २०६४ सालमा नेविसंघको प्रवक्ता मनोनित भएका थिए । विस २०६६ सालमा नेविसंघको सहमहामन्त्री बनेका अधिकारी विस २०७० सालमा उपाध्यक्ष निर्वाचित भएका थिए ।
नेपाली काँग्रेसको छातामुनी बसेर विद्यार्थी आन्दोलनलाई अगाडि बढाएका अधिकारीले पार्टीभित्र गरेको योगदानलाई मूल्याङ्कन गर्न उहाँलाई प्रदेशसभा निर्वाचनमा टिकट दिनुपर्ने माग पश्चिम चितवनमा उठेको छ।
पछिल्लो समय राजनीतिक पार्टीमा युवाहरुको प्रतिधित्व कम हुँदै गएको र स्वतन्त्र उम्मेवार हावी भइरहेको बेलामा ५० प्रतिशत युवालाई टिकट दिनुपर्ने आवाज उठिरहेको बेला अधिकारीलाई स्वभाविक उम्मेद्वारको रुपमा काँग्रेसले हेरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
