धादिङ क्षेत्र नं. १ ‘क’ प्रदेशसभा सदस्यमा सापकोटाको दाबी

काठमाडौं । नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नम्बर १ को ‘क’ प्रदेशबाट वावुकृष्ण सापकोटाले दाबी गरेका छन् । उनले आफू उम्मेदवार हुन पाउनुपर्छ भनेर पार्टीमा नाम दर्ता गराएका छन् ।

सोमबार नाम दर्ता गराएका उनले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । पार्टीको जिल्लाको निवर्तमान कोषाध्यक्षसमेत रहेका उनले जिल्लामा पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । २०४१ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट गिरफ्तारसमेत भएका छन् ।

Advertisement

‘मेरो जिवन नै राजनीतिका लागि हो जस्तो लाग्छ, कांग्रेसलाई कसरी राम्रो बनाउने र जनतालाई न्याया दिने कुरामा मेरो ध्यान केन्द्रित भएको छ’ उनले भने ‘राजनीति सेवा हो भन्ने लाइन ‘क्लियर’ यसमा विचलित भएको छैन ।’ उनी राजनीतिसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रहेका छन् ।

पार्टीका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय समितिका सह–संयोजक भएर आफ्नो नेतृत्वदायी भूमिकालाई प्रष्ट पारिसकेका उनले २०४२ सालको सत्याग्रहमा पनि सहभागिता जानएका थिए । २०६२/०६३ सालको जनआन्दोलनमा काठमाडौंको कलंकीमा सक्रियता देखाएका उनी कांग्रेसको गत मंसिरमा भएको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका थिए ।

थोरै मतले पराजित भएका उनी आगामी निर्वाचनमा कांग्रेसले जनताको मन जित्नेलाई टिकट दिनुपर्ने बताउँछन् । ‘पार्टीमा खासगरी दुई धार छन्, मेरो र तेरो नभनी जित्न सक्नेलाई टिकट दिनुपर्छ, गुटका आधारमा मान्छे व्यवस्थापन गर्न खोजियो भने त्यसले नकारात्मक परिणाम ल्याउँछ’ उनी भन्छन् ‘ कांग्रेस देशको सबैभन्दा पुरानो र अभिभावक पार्टी हो त्यसैले पनि उसले गठबन्धनमा रहेका सबै दललाई मिलाएर लानुपर्छ ।’

उनले सत्ता गठबन्धनलाई व्यवस्थित गर्ने नाममा पार्टीभित्रको फरक धारलाई सभापतिसमेत रहेका प्रधानमन्त्रीले बेवास्ता गर्न नहुने बताउँछन् । ‘हामीले पटक पटक पार्टीभित्र गरेका आन्दोलनले पार्टीलाई फाइदा नै पुगेको छ, पार्टीमा थप खतरा नआआस् भनेर सभापतिलाई ध्यानाकर्षण गराएका हौं’ उनी भन्छन् ‘नेकपाले जनतलाई धोखा दिएको सबै जनताले बुझेका छन्, नेकपाको प्रमुख पार्टी एमाले थियो, उसले जनतालाई घात गरेकाले अब एमालेको पक्षमा मत हाल्ने पक्षमा सर्वसाधारण छैनन्।’

उनले त्यो क्षेत्रबाट आफू उम्मेदवार भए जित्न सक्ने दाबी गरेका छन् । पार्टीबाहिर रहेकाको पनि मत आफूलाई आउने उनको भनाई छ । ‘म त जनताको साझा मान्छे हुँ, मैले उम्मेदवारी दिने भएपछि अरु पार्टीले पनि सोच्ने बेला भएको छ’ उनी भन्छन्।

More News last news
Loading...