चलचित्र ‘महापुरूष’को पोस्टर सार्वजनिक

काठमाडौं । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाउँदै नयाँ पोस्टर सार्वजानिक गरेको छ ।

उक्त पोस्टर मार्फत चलचित्र निर्माण टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । सार्वजनिक पोस्टरमा अरुणले बाइक कुदाउदै गरेको देख्न सकिन्छ । उनको पछाडी हरिवंश रहेका छन् । उनीहरू बाइकमा गुड्दै गर्दा स्पीड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ ।

Advertisement

उनी चलचित्रमा हरिवंशका कान्छा छोराको भूमिका निभाउने छन् । उनी चलत्रिचमा अडिसन मार्फत सेलेक्ट भएका हुन् । चलचित्रमा काम गर्ने सोच बनेदेखि नै आफुले काम चाहेको टीम पाएको अरुणले बताएका छन् ।

चलचित्रका निर्मातासँगै कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँले क्यारेक्टर चाहिएको जानकारी दिएपछि कास्टिङ डिरेक्टरको रूपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणको बारेमा जानकारी दिए। चलचित्र आगामी कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ।

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय रहेको छ।

More News last news
Loading...