काठमाडौं l जाग्यो नेपालका अभिन्ताहरुले शनिबार बिहान काठमाडौंको गहनापोखरीमा सरसफाइ गरेका छन् ।
जाग्यो नेपालका अभियन्ताले स्थानीयको सहयोगमा पोखरीको लेउ हटाउने, पोखरी वरिपरिको घाँस काट्ने, रुख विरुवाका फैलिएका हाँगा हटाउने तथा छिमल्ने गरेका हुन् ।
शनिबार र बिदाका दिन बिहानको समय सदुपयोग गरी विभिन्न सार्वजनिक स्थानहरु सफा गर्ने गरिएको अभियानका संयोजक विजय कँडेलले बताए ।

राजधानीलाई धुलोरहित बनाउने अभियानसहित जाग्यो नेपालले करिब ५ वर्षअघि सफाइ अभियान थालेको हो । यसअघि कोरोना भाइरस लगायतका कारण सफाई अभियान नियमित गर्न नसकिएको जनाउँदै कँडेलले आगामी दिनमा प्रत्येक शनिबार विभिन्न स्थान सफा गरिने बताए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
