कलंकीको खसी बजार हटाउन महानगरको उर्दी, १५ दिनभित्र नहटाए डोजर चलाउने !

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।महानगरले एक सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो।

बल्खु खोलामा जोडिएको ७–८–०–० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरीपरेकाले खसीबजार हटाउन लागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

Advertisement

अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ। व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ। यदि त्यसो नभएमा महानगर आफैले कानुन अनुसार हटाउने बताएको छ।

More News last news
Loading...