पद बचाइदिने माननीयको सिफारिसमा आइजीपी सिंहले लगाए चुडाललाई दरबारमार्ग बृत्तको जिम्मा

काठमाडौं । नेपाल प्रहरीमा नायब उपरीक्षक (डिएसपी) सरुवा गर्दा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो पद बचाइदिने माननीयले सिफारिस गरेकालाई आकर्षक स्थानमा सरुवा गरेको तथ्य बाहिर आएको छ ।

कार्यसम्पादनमा कमजोर रहेकी डिएसपी कोपिला चुडाललाई सर्वोच्च अदालतका माननीयको सिफारिसमा आकर्षक स्थान दरबारमार्ग बृत्तको प्रमुख बनाएको भन्दै प्रहरीभित्र विवाद चुलिएको हो ।

Advertisement

यसअघि एउटा कार्यालयको प्रमुख हुँदा काम गर्न नसकेर चार महिनामै फिर्ता बोलाइएकी चुडाललाई आफ्नो पद बचाइदिने माननीय न्यायाधीशको सिफारिसमा दरबारमार्ग जस्तो संवेदनशील स्थानको प्रमुख बनाइएको भन्दै तिव्र असन्तुष्टि भएको स्रोतले बतायो ।

प्रहरीका अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक वरिष्ठ उपरीक्षकहरूले दरबार मार्गको प्रमुख दिनु उपयुक्त नहुने भन्दै सुझाव दिँदादिँदै महानिरीक्षक सिंहले आफ्नो स्वार्थसिद्धीका लागि चुडाललाई दलबारमार्ग बृत्त सुम्पिएका हुन् ।

पहिलो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई छोडेर सिंहलाई महानिरीक्षक बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेपछि पोखरेल निर्णयविरुद्ध सर्वोच्च अदालत गएका थिए । महानिरीक्षकबारेको मुद्धा हेर्ने न्यायाधीशहरूमध्य एक जना चुडालका नातेदार हुन् । ती नातेदार माननीयले सिंहलाई महानिरीक्षक बनाउँदा चेन अफ कमाण्ड भत्किने र संगठनमा नराम्रो असर पर्ने भन्दै फैसलामा फरक मत लेख्ने बताइरहेका थिए । तर, त्यो विषय सिंहले थाहा पाएपछि ती माननीयसँग माग के हो ? भनेर सन्देश पुर्‍याए ।

त्यसपछि माननीयले चुडाललाई दरबार मार्ग बृत्त प्रमुख बनाइदिने भएपछि फरक मत नलेख्ने बताए । सिंहले आफ्नो पद बचाउन सहमति जनाए । त्यसपछि चुडाललाई पहिला अपराध अनुसन्धान व्यूरोबाट काज सरुवा गरेर दरबारमार्ग बृत्तमा पुर्‍याए । त्यसपछि त्यसमा पनि माननीयले सन्तुष्टि नजनाएपछि उनलाई २४ साउनमा दरबारमार्ग बृत्तमा सरुवा नै गरियो।

More News last news
Loading...