चन्द्रागिरि हिल्सको सस्तो अफर, यो समयमा पाइन्छ छुटै छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नागरिकको चाहनालाई मध्येनजर गर्दै साँझ ५ बजेदेखि राति ९ बजेसम्म आफ्नो सेवा दिन शुरु गरेको छ । दिउँसभरीको थकानलाई मेट्दै मनोरम दृष्यावलोकनका लागि हिल्सले यो सेवा शुरु गरेको जनाएको छ।

राति काठमाडौंको भ्यू आनन्ददायक देखिने र चिसो हावासँगैको खानपानले समेत मनमा कान्ती मिल्ने चन्द्रागिरि हिल्सको भनाइ छ । राति अबेरसम्म काठमाडौंका होटेल, रेष्टुरेन्टमा बस्ने ग्राहकहरुले एकपटक चन्द्रागिरि घुम्दा थप आनन्द मिल्ने चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक अम्बिका प्रसाद पौडेलको भनाइ छ ।

Advertisement

पौडेलका अनुसार केबलकारमा तलमाथि गर्न जम्मा ३ सय ९९ रुपैयाँमात्रै लाग्नेछ । यो दिउँसोको भन्दा ४ सय रुपैयाँले कम हो । चन्द्रागिरिमा उक्लिसकेपछि सोही दिन प्रयोग गर्न १ सयको गिफ्ट भौचर पनि राखिएको पौडेलले जानकारी दिनुभयो ।

पौडेलले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको कोलाहलबाट एकछिन मुक्त भइ शान्त वातावरणमा बस्न, खाना खान सहज होस् भन्ने हेतुले यो प्याकेजको सुरुवात गरिएको हो । अहिले टिकटदर पनि सस्तो र ५ बजे पछाडिको समय प्रायः खाली नै हुने भएकोले मानिसको आवातजावत बढेको छ ।

More News last news
Loading...