काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
आज (सोमबार) बिहान प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली भएकाे छ। साथै देशका बाँकी भू-भागमा भने आंशिक बदली भएकाे छ।
त्यस्तै, कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ।
त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१ का केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।
सोमबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली हुनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
