बाहिरी चक्रपथ विकास आयोजनाकाे सम्पर्क कार्यालय नै बन्द

काठमाडौँ । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९८० मा कर्मचारीको म्याद थपिएको छैन।

यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ/छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो ।विगत १८ वर्षदेखि कागजमा सीमित रहेको आयोजनाको साइट कार्यालय र स्थायीबाहेकका कर्मचारीको म्याद थप नभएपछि राज्यको मासिक लाखौँ रुपियाँ जोगिएको छ ।

Advertisement

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख जानुका ढकालले नयाँ आर्थिक वर्षमा बाहिरी चक्रपथ विकास आयोजनामा कार्यरत स्थायी सेवाबाहेकका कर्मचारीको अवधि नथपिएको जानकारी दिनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

आयोजनाको काम अगाडि बढ्न नसकेकाले नयाँ आर्थिक वर्षमा स्थायी सेवाबाहेकका कर्मचारीको अवधि थप नगरिएको स्पष्ट पार्नुभयो ।उहाँले सो आयोजना निर्माणका लागि नयाँ रेखाङ्कन (एलाइन्मेट) को अध्ययन सुरु भएपछि आवश्यकताका आधारमा नयाँ प्राविधिक कर्मचारी भर्ना गरिने जानकारी दिनुभयो ।

More News last news
Loading...