फोहर ढुवानीमा फेरि समस्या, दुईतर्फी सडक मर्मत गर्न बञ्चरेडाँडाका स्थानीयको माग

काठमाण्डाै l बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहर ढुवानी गर्ने गाडीलाई रोकेका छन् ।

सडकको पूर्ण मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहान फोहर बोकेर गएका काठमाण्डाै महानगरपालिकाका गाडीलाई रोकेका हुन् ।

Advertisement

‘स्थानीय बासिन्दाले दुईतर्फी नै गाडी गुडाउन मिल्ने गरी सडक मर्मतको माग गरेका हुन्’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो : ‘केहीबेरलाई फाेहर ढुवानी हुन पाएन । अब ढुवानी हुन्छ । स्थानीय बासिन्दाको माग अनुसार दुईतर्फी नै सडक मर्मत हुन्छ ।’

सडक मर्मतका लागि भन्दै काठमाण्डौ महानगरले एक हप्ताअघिदेखि फोहर उठाएको थिएन । आजदेखि फोहर उठाउने भनिए पनि समस्या भएको छ । फोहर नउठ्दा काठमाण्डौमा दुर्गन्ध फैलिएको छ ।

More News last news
Loading...