काठमाडौँ । नेपाल टेलिकम वर्कर्स यूनियन (एनटिसीडब्लुयू) को ३१औ बार्षिकोत्सबको अवसरमा बागमती प्रादेशिक समितिले एक दिने ‘नेतृत्व बिकास’ सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरूङले देशमा नेता थुप्रै भएका तर असल र सबल नेतृत्व कम भईरहेको समयमा यसरी गरिने कार्यक्रमहरूले नयाँ र आशा लाग्दा नेता जन्मने निश्चित भएको बताएका छन् ।
बरू यस्ता प्रशिक्षण कार्यक्रमबाट तयार भएका नेताहरू टेलिकममा मात्र सिमित नभई समाज र राष्ट्रकालागी समेत योगदान दिन सक्ने हुनका लागि शुभकामना समेत दिए ।
बागमती प्रदेश अध्यक्ष अचुत ओझाको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा अतिथिको रुपमा नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय सदस्य संजय दाहल, वर्कर्स यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद जोशी, सल्लाहकार मनिल ओझा, कृष्णप्रसाद अर्याल र कांग्रेस नेता प्रमोदहरि गुरागार्ईको सहभागिता रहेको थियो ।
५० जना प्रशिक्षार्थी सहभागी कार्यक्रमलाई प्रशिक्षक प्रमोदहरि गुरागाई, संजय कुमार दाहाल र शंकर लामिछानेले तीन सत्रमा प्रशिक्षण दिएका थिए । सभापति तथा प्रदेश अध्यक्ष ओझाले प्रशिक्षकहरूलाई मायाको चिनो दिँदै आगामी दिनमा पनि यूनियनका सदस्यहरूको व्यक्तित्व र नेतृत्व विकासका कामलाई निरन्तरता दिने बताए ।
ओझाले यस्ता कार्यक्रमले सहभागीहरूलाई, यूनियनलाई, समाज र राष्ट्रलाई मात्र नभई नेपाल टेलिकमलाई समेत फाईदा हुने भएकाले कम्पनीको ग्राहक सेवा थप प्रभावकारी बनाउन मदत पुग्ने पनि बताए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
