काठमाडौँमा अहिले घाम चरक्क, दिउँसो वर्षा हुने

काठमाडौं । तर आज बिहानै काठमाडौमा चरक्क घाम चर्किएको छ । मनसुन केही कमजोर भएकाले काठमाडौँसहित आसपासका क्षेत्रमा घाम चर्केको हो ।

तर उपत्यका बाहेक देशका धेरै जसो भूभागमा भने सामान्य वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

Advertisement

आइतवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

देशभरका नदीहरूमा जलकाे सतह बढ्ने तथा पहाडी भेगमा पहिराकाे समेत सम्भावना भएकाले सतर्कता अपनाउने माैसम विज्ञहरूले अनुराेध गरेका छन् ।

More News last news
Loading...