काठमाडौँका भाइरल वडाध्यक्ष रिजालको घरमा मेयर बालेनको लन्च मिटिङ

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले महानगरको कामकारबाहीलाई सहज बनाउने उद्देस्यका साथ वडा अध्यक्षहरुसँगको छलफल थालेका छन् ।

सोहि क्रममा शनिबार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर ब्यबस्थापनका साथै महानगरका कामकारबाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभाबित भएको भन्दै निरन्तर सहयोगको अपक्षा रहेको बताए ।

Advertisement

कलाकार अर्जुन घिमिरे (पाडे) सँगै रिजालको निवास पुगेका शाहले झन्डै दुई घन्टा बिताएका थिए । लन्च सहितको सो मिटिङमा रिजालले फोहर ब्यबस्थापनमा नगर प्रमुखको सक्रियताको खुलेर प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

यस्तै, पाटी भन्दा माथि उठेर मेयरका जनमुखी जायज अभियानमा आफुँले सहयोग गर्ने बताएका थिए । रिजालले भने, नगर प्रमुख ज्युसँग छलफल भएको हो, महानगरपालिका केन्द्रित छलफल भयो । यस्तै भेट्मा सहभागी पाँडेले भने जनप्रतिनिधिहरुसँग परामर्श गर्ने नीति अनुसार आजको भेटघाट भएको बताए ।

महानगरपालिकाको पैलो कार्यपालिका बैठकमा प्रक्रियाको बिषय उठाउँदा रिजाललाई सामाजिक संजालमा भाइरल बनाइएको थियो । तर रिजालले भने आफुँ समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिको संचालन प्रक्रियामा टेकेर हुनुपर्छ मात्र भनेको बताउदै आएका छन् ।

More News last news
Loading...