काठमाडौँ १४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ३,४४२मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठ ९६ मतको मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार रश्मी श्रेष्ठले ३३४६ मत पाएकी छन् ।

Advertisement

यस्तैगरी, वडाध्यक्षका उमेद्वारहरु राप्रपाका आनन्दप्रसाद श्रेष्ठले ११८२ मत ल्याएका छन् भने लौरो निर्वाचन चिन्हधारी स्वतन्त्र उम्मेदवार माहिर शर्माले ३४३ र  एकिकृत समाजबादीका रामहरि खतिवडाले २०५ मत पाए ।

यसैगरी, वडासदस्यहरुमा कांग्रेसका अच्यूत सापकोटा ३०८१ र अनिता नेपाली ३१६२ मत ल्याएर विजयी भएका छन् भने एमालेका उमेद्वार नविन नकर्मी २९५८, शोभा कार्की ३१९७ मत ल्याएर विजयी भएका छन् ।

१४ नम्बर वडामा यसअघिको निर्वाचनमा एमालेकी शोभा सापकोटासहितको सिंगो टिम निर्वाचित भएको थियो । अहिले एमालेले काठमाडौँ महानगरका धेरै वडामा पराजय भोगिरहेका बेला काठमाडौँको मूख्य मध्येको १४ नम्बर वडाको नेतृत्व पनि गुमाएको हो ।

यो वडासँगै काठमाडौँ महानगरको मेयरमा लौरोधारी स्वतन्त्र उमेद्वार बालेन्द्र शाह र उप मेयरमा नेकपा एमालेकी उमेद्वार सुनिता डंगोल भारी मतान्तरसहित विजयी भएका छन् ।

काठमाडौँ महानगरका कुन वडा कुन पार्टीले जिते ?

१४ नम्बर वडासँगै नेपाली कांग्रेसले ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० गरी जम्मा १९ वडाहरु जितेको छ भने एकिकृत समाजवादीले एउटा मात्रै १५ नम्बर वडा जितेको छ ।

यसैगरी अघिल्लो निर्वाचनमा सबैभन्दा धेरै १८ वटा वडा जितेको एमालेले यसपटक १२ वडा मात्रै जितेको छ । एमालेले १, २, ३, ४, ५, १३, १८, २१, २३, २३, ३१, ३२ नम्बर वडाहरु जितेको छ।

More News last news
Loading...