चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार १ सय ३३ मतले अग्रता बनाउनु भएको छ ।
अहिलेसम्म ७० हजार ४ सय ७४ मत गणना गर्दा दाहालले २७ हजार ४ सय १२ मत पाउनु भएको छ ।
मेयरका अर्का प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २ सय ७९ मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५ सय ५२ मत पाउनु भएको छ ।
यस्तै, उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले २९ हजार ५ सय २५ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले १७ हजार ३ सय २५ मत पाउनु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
