नुवाकोट लिखु गाउँपालिका-३ का वडाध्यक्ष मगरद्वारा पदभार ग्रहण

नुवाकोट । जिल्लाको लिखु गाउँपालिका वडा नं ३ का नवनिर्वाचित वडाध्यक्ष सिताराम पुलामी मगर (राम) ले पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित मगरले शुक्रबार लिखु वडा नं ३ को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई कर्मचारीहरुले फुलगुच्छासहित स्वागत गरेका थिए ।

Advertisement

नवनिर्वाचित अध्यक्ष मगरले आगामी दिनमा विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू जनप्रतिनिधि हुनुअघि पनि निरन्तर जनताको सेवामा खटिएको बताउँदै आगामी दिनमा थप सक्रियताका साथ सेवामा समर्पित रहने बताए ।

आपूm पनि गाउँमा जन्मिएको र गाउँको समस्यासँग परिचित भएको बताउँदै गाउँको समस्या आफ्नै समस्या मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वडाध्यक्षमा निर्वाचित हुनुअघि पनि मगर निरन्तर समाजसेवामा लागि पर्ने गरेका थिए ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मगरले वडा नं ३ मा नेपाली कांग्रेसको प्यानलसहित जित हासिल गरेका हुन् ।

More News last news
Loading...