मिनि बस र टाटा सुमो दुर्घटना हुँदा ५ जनाको मृत्यु, सबैको सनाखत

काठमाडौं l काभ्रेमा मिनी बस र टाटा सुमो दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी  मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४० वर्षीय हरिबल तामाङ, रामेछापको खाँडादेवी–८ की ३० वर्षीया सम्झना भुषाल र उनकी सात वर्षीषा छोरी संगीता र सिन्धुलीको सुनकोसी गाउँपालिका-१ का ४४ वर्षीय प्रमिला नेपाली छन् ।

Advertisement

दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् । जसमा नेपाली र भारतीय नागरिक रहेका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए ।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग रोशी गाउँपालिका–११ मा ठोक्किएका थिए ।

पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारतर्फ फर्किन लागेको मिनी बस तीव्र गतिमा आइरहेको सुमोसँग ठोक्किएको प्रवक्ता खतिवडाले बताए ।

More News last news
Loading...