काठमाडौं l काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गए राति भएको दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएकको छ।
उनको उपचारको क्रममा वीर अस्पतालमा गए राति २ बजे मृत्यु भएको हो। बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो।
स्कुटर नालीमा पल्टिएसँगै गम्भीर घाइते भएका श्रेष्ठलाई प्रहरीले अस्पताल पुर्याएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
