धादिङको नीलकण्ठ–४ को वडाध्यक्षमा राजकुमार रानाको उम्मेदवारी दर्ता

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–४ मा राजकुमार राना मगरले उम्मेदवारी दर्ता गराएका छन् । नीलकण्ठ–४ का युवा नेता समेत रहेका राना नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका हुन् ।

धादिङकै नीलकण्ठ उच्च मा. वि. बाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका रानाले काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसमा समेत नेबिसंघमा आवद्व भएर लामो सयम विद्यार्थी राजनीति गरे र इकाईको उपसभापति समेत बनेका थिए।

Advertisement

यसअघि सोही वडामा कांग्रेसको सभापति समेत भईसकेका ३० बर्षीय राना हाल कांग्रेसको तर्फबाट धादिङ क्षेत्र नं २ (क) को सचिवमा समेत हुन् । यस वडामा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट शिवराज गिरी विजयी भएका थिए ।

More News last news
Loading...