काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तारकेश्वर नगरपालिका–४ मा चुनावलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेको छ।
राप्रपाको तर्फबाट तारकेश्वर नगरपालिकामा मेयरका उमेद्वार तथा पार्टी नगर समितिका अध्यक्ष बसन्त कुमार बस्नेतले सम्पर्क कार्यालयको उदघाटन गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रविना थापाले बताए ।
कार्यक्रमा नगरका पार्टी उपाध्यक्ष प्रताप मर्दन बस्नेत र वडा नम्बर ४ का वडाध्यक्षका उमेद्वार राजकुमार बोगटी पनि सहभागी थिए ।
थापाका अनुसार, ११ वडा रहेको तारकेश्वर नगरपालिकाका सबै वडामा उमेद्वारी दिने तयारी अवस्थामा रहेको राप्रपाले सबै वडामा पार्टीको सम्पर्क कार्यालय स्थापना गर्ने छ ।
यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले देश व्यापी प्रचारप्रसारलाई तिब्र पारेको छ । चैत्र २५ गते राप्रपाले शक्ति प्रदर्शन गर्दै काठमाडौँको खुल्लामच्चमा बृहत्त आमसभा पनि आयोजना गरेको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
