काठमाडौँ । नेपाल सरकारले भोलि आइतबार रामनवमीका अवसरमा सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
चैत्र शुक्ल नवमी रामनवमी हो । रामनवमी यो शब्दले आफ्नो साँच्चिकै पुरानो इतिहासलाई व्यक्त गरिरहेको छ । आजभन्दा करिब ९ लाख वर्ष पहिले आजकै पवित्र दिन त्रेतायुगमा मर्यादा पुरूषोत्तम भगवान् रामले पृथ्वीमा अवतरण गरेको कुरा स्पष्ट छ।
आदर्श र मर्यादाक्रम पन्छाउँदै धर्मबाट विमुख हुँदै गएको भारत बर्षमा आफू स्वयं सच्चरित्र र आदर्शवान् वनी आदर्श र मर्यादा स्थापना गर्नु श्रीरामको विशेषता हो । यही वैशिष्ट्यले गर्दा श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको पाइन्छ ।
विश्वमा प्रसिद्ध रामराज्यको संस्थापक श्री प्रभुले आजको दिनमा अवतरित भएर यस तिथिलाई आफ्नो दिव्य आलोकद्वारा पूर्णता दिइयो । भगवान् राम र उनको आदर्श चरित्र चिरकालदेखि कति लोकप्रिय र स्मरणीय रहेको छ भन्ने कुरा सबैले बुझ्नु मनन गर्नु अत्यावश्यक छ ।
वास्तविक कुरा भगवान् रामको चरित्र उनको जीवन कहानी हो, जुन स्वभावतः संसारको सम्पूर्ण व्यक्तिले अनुभव गरिरहेका छन् ।
यस्तो छ गृह मन्त्रालयको सूचना

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
