प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं । नेकपा माअ‍ोवादीका नेता नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

संविधानमा ३ जना राष्ट्रियसभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन्।

Advertisement

दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहोदर भाइ हुन् । उनी माओवादी कोटाबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका हुन् ।

More News last news
Loading...