काठमाडौँ । काठमाडौँको स्यूचाटारमा मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ।
हिजो बेलुका वाग्मती प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घर भई अहिले थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको ज्यान गएको प्रहरीले जनाएको छ।
उनको उपचारका क्रममा राति १० बजे नेपाल नेशनल अस्पताल कलंकीमा ज्यान गएको हो । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीकाअनुसार चालकको साथमा सवारी अनुमति पत्र लाइसेन्स समेत नभएको पाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
